अक्सिजन वितरणको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

लेखाजोखा न्युज
३१ बैशाख २०७८, शुक्रबार २०:५२

काठमाडौं : सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरुमा लगाएको कोटा प्रणाली खारेज गरेको छ । अक्सिजनको व्यवस्थानको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कोटा प्रणाली खारेज भएको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगहरुलाई सम्बोधन गर्दै अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको छ ।

‘हाललाई अर्को व्यवस्था नभएसम्म उद्योगबाट अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराइदिनुहुन तथा आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीहरुको निर्णय र निर्देशन अनुसार स्थानीय प्रशासनहरुसँग सहकार्य र सरोकारवाला अन्य निकायहरुको समन्वयमा गराईदिनुहुन अनुरोध छ’, स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

काठमाडौं उपत्यकाका अक्सिजन उद्योगहरुबाट अस्पतालमा अक्सिजन वितरण गर्दा सरकारले कोटा सिस्टममा वितरण गर्ने व्यवस्था गरेपछि सरकारी अस्पतालहरुमा समेत अक्सिजन अभावको अवस्था देखिएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com