कर्णालीमा हालसम्म ९ हजार ६ सय भन्दा बढीले जिते कोरोना

लेखाजोखा न्युज
३१ बैशाख २०७८, शुक्रबार २०:००

सुर्खेत । कर्णाली प्रदेशमा आज एकै दिन २ सय ३४ जना कोरोना संक्रमित निको भएका छन्। विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेकाहरु निको भएको प्रदेश स्वास्थ्य निर्देशनालय कर्णालीले जनाएको छ। योसंगै हाल सम्म कर्णालीमा कोरोनालार्इ जित्नेको संख्या ९ हजार ६ सय ५० जना पुगेको छ ।

यस्तै २४ घन्टामा थप ४ सय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। ४ जनामा ५४ जनाको पिसिआर परिक्षणगर्दा २ सय १९ जनामा संक्रमण देखिएको हो भने ५ सय ४४ जनाको एन्टिजेन गर्दा १ सय ८२ जनामा संक्रमण पुष्टि भएको बताइएको छ।

संक्रमण देखिनेमा सबैभन्दा धेरै सुर्खेतका १ सय ८४ जना, जाजरकोटका ३१ जना, रुकुमपश्चिमका ५०, दैलेखका ४१ र सल्यानमा २२ जना रहेका छन् । अहिले कर्णालीमा ५ हजार दुई सय ५६ जना सक्रिय संक्रमित विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका छन् ।

कर्णालीमा हालसम्म १२ हजार ४ सय ५८ जनामा संक्रमण देखिएको छ भने ९ हजार ६ सय ५० जना निको भइसकेका छन् । यस्तै वितेको २४ घन्टामा मात्रै कर्णालीमा थप ९ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै प्रदेशभर मृतकको संख्या १ सय ३४ पुगेको छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com