‘राधे’ अब क्लियर टिभीको मुभी अन डिमाण्डमा

लेखाजोखा न्युज
३१ बैशाख २०७८, शुक्रबार ०७:४३

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ ।

प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ । इन्टरनेटको बढ्दो प्रयोग भइरहदा घरमै रहेको अवस्थामा यसले धेरै ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने विश्वास सेवाप्रदायकले लिएको छ ।

मे १३ बाट विश्वभर औपचारिक रुपमा प्रसारण भएको उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण भइरहेको बताइएको ।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादनहो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com