११ असोज २०८०, बिहिबार

मलाई पनि कलाकार बन्ने इच्छा थियो : प्रधानमन्त्री

लेखाजोखा न्यूज

३ भाद्र २०८०, आइतबार ११:२५

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कलाकार हुने इच्छाबाट प्रेरित व्यक्ति भएको बताएका छन्।

हिजो (शनिबार) राति गायनतर्फको ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’को फाइनल प्रतियोगिता हेर्न ललितपुरको गोदावारी पुगेको प्रधानमन्त्री प्रचण्डले आफ्नो जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको बताएका हुन् ।

उनले कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग सम्बन्धित हुने भन्दै कला धेरै नै शक्तिशाली हुने बताए। ‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ,’– कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले कला र संस्कृति संरक्षणको क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend