११ असोज २०८०, बिहिबार

युट्युबर इल्भिस यादव बने बिग बोस ओटीटी-२ को विजेता

लेखाजोखा न्यूज

३० साउन २०८०, मंगलबार ९:२५

मुम्बइ। बिग बोस ओटीटी सिजन-२ को विजेता घोषणा गरिएको छ।

इल्भिस यादवले दोस्रो सिजनको ट्रफी हात पारेका छन्। उनी यस सिजनको विजेता बन्ने अनुमान पहिल्यैदेखि भइरहेको थियो । सुरुदेखि नै उनी निकै बलियो प्रतियोगी मानिएका थिए।

जितपछि इल्भिस यादवले ठूलो पुरस्कार राशि पनि पाएका छन्। इल्भिस बिग बोस ओटीटी-२ विजेताको ट्रफी मात्र होइन, २५ लाख रुपैयाँ पनि लिएर फर्के। वाइल्ड कार्ड एन्ट्रीका रूपमा प्रवेश गरेका एल्विसले सुरुदेखि नै घरको वातावरणलाई कायम राखे।

एल्विश र अभिषेक दुबै जना चर्चित युट्युबर हुन् र सामाजिक सञ्जालमा उनीहरुका फ्यान लाखौंमा छन्। सिजनको सुरुदेखि नै अभिषेक बिग बोसको घरमा थिए। फाइनलअघि अभिषेक बिरामी परे र अस्पताल भर्ना हुनुपरेको थियो। तर फाइनलमा उनी शोमा फर्किए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend