५ असोज २०८०, शुक्रबार

अमेरिकामा डढेलोका कारण एक शहर सखाप (तस्बिरहरू)

लेखाजोखा न्यूज

२९ साउन २०८०, सोमबार १२:२३

न्युयोर्क।अमेरिकाको जंगलमा लागेको भिषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

एक सातादेखि लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टी भएको हाे।

स्थानीय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढन सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौं घाइतेसमेत भएका छन् ।

अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक डढेलो हो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend