११ असोज २०८०, बिहिबार

पुतली बनी बस्न आयौ’ सार्वजनिक

लेखाजोखा न्यूज

२८ साउन २०८०, आइतबार ३:२७

काठमाडौ । पूर्वमुख्य सचिव केशवराज राजभण्डारीको शब्द सृजना रहेको ‘पुतली बनी बस्न आयौ’को भिडियो सार्वजनिक गरिएको छ ।

शुभबहादुर सुनामको संगीत तथा गायिका संगीता शाक्यको स्वर रहेको सो गीतलाई राजेश कुमार श्रेष्ठले एरेन्ज गरेका छन् ।

निशा कार्की, अमन श्रेष्ठ, सचिना अर्याल, विवेक ठाकुर, डा. सचिन झालगायतको अभिनय रहेको उक्त गीतको भिडियोलाई जनक खड्काले छायांकन तथा निर्देशन गरेका छन् ।

प्रेमीसँगको बिछोडलाई प्रस्तुत गरिएको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।

भिडियाे लिंक : https://youtu.be/F7NXQuuhMPk

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend