स्मार्ट टेलिकमले ल्यायो विभिन्न अफर

लेखाजोखा न्युज
२८ बैशाख २०७८, मंगलवार १९:५७

काठमाडौं – स्मार्ट टेलिकमले निषेधाज्ञा भइरहेको समयलाई मध्यनजर गरेर विभिन्न अफर ल्याएको छ । स्मार्ट ग्राहकहरुले रिचार्जमा ४ गुणा सम्म बोनस पाउने भएका छन् । प्राप्त बोनस ग्राहकहरुले स्मार्ट नेटवर्क भित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्ने बताइएको छ ।

कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरूसँग नियमित सम्पर्क गर्नको लागि ग्राहकहरुले प्राप्त बोनस प्रयोग गर्न सक्ने भएकाले यस्तो अफर ल्याएको स्मार्टले जनाएको छ । बोनस ब्यालेन्स भने नियमित मूल्यमा काटिने बताइएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com