५ असोज २०७८, मंगलबार

राजनीति व्यापार भयो : अध्यक्ष केसी

लेखाजोखा न्यूज
१७ साउन २०७७, शनिबार २१:२२

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गरेका छन् ।

संवाद क्लब नेपालले शनिबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गरे ।

“राजनीति भनेको समाज सेवा हो । तर, केही नेताले राजनीतिलाई व्यापार बनाए,” अध्यक्ष केसीले भने, “जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लागे । हिजो थोत्रा चप्पल लगाउनेहरुले ठूला–ठूला महल बनाए ।”

जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको उनले गुनासो गरे ।

अध्यक्ष केसीले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई नेता केन्द्रित राजनीतिको संज्ञा दिए । उनले नेकपामा भावनात्मक रूपमा एकता नै नभएका कारण समस्या आएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार