आमा

लेखाजोखा न्युज
२८ बैशाख २०७८, मंगलवार ०७:४९

साँच्चै ईश भए यताउदी कतै त्यो रुप तिम्रै आमा ।
साँच्चै स्वर्ग हुने भए पनि कतै तिम्रै छ्हारीमाहा ।।
बिर्सिन्छौ सब दुख कस्ट मनका बात्सल्य त्यो पाउँदा ।
भाग्छ्न पिर समस्त मनका झल्को पनि आउँदा।।

अज्ञानि अबोध बालक हुदा तिम्रै समिपै रहे ।
दुख्ता जीवनका हरेक क्षणमा आमा भनि नै रहे ।।
चल्दैन जीवन रथ सजिलै आमा नसम्झिकन ।
छुट्दैन भनि लाग्छ अन्तिम श्वास सजिलै आमा नभनीकन ।।

तिम्रो निस्वार्थ मन देखी जगमा स्वार्थै पनि भाग्दछ ।
के मिल्छ अनि गुम्छ के यहाँ हिसाबको राख्दछ।।
आमा हुन सृष्टिकि पवित्र सृजना सन्तानका खातिर ।
आफुलाई मिटाई सुख अरु दिने को हुन्छ र आखिर ।।

धन वैभव भोगबिलास मनका मिले जतिनै पनी ।
मिल्दिनन् जन्मदात्री जननी खोजे जती नै पनि ।।
गर्छु ईशकन निबेदन यहाँ कल्याणका खातिर ।
रुपै ईश कोहो म बुझ्छु सह्जै आमा पनि आखिर ।।

अमरगढि २,डडेल्धुरा

WP2Social Auto Publish Powered By : XYZScripts.com