८ असोज २०८०, सोमबार

प्रधानमन्त्री ज्यू, अब राजीनामा दिने की?

लेखाजोखा न्यूज

२७ बैशाख २०७८, सोमबार ४:०४

करिब दुईतिहाई नजिकको जनमतबाट पाँचबर्षका लागि सत्तारोहण भएका प्रधानमन्त्री केपि शर्मा ओली करिब साढे तीन बर्ष नबित्दै आफ्नो पूरानो पार्टी एमालेका सांसदको समेत बिश्वासको मत नपाउने अवस्थामा पूगेका छ्न । उनले बिशेष अधिवेशन मार्फत आज संसदमा बिश्वासको मत माग्दा त्यो त उनले पाउने छैनन नै तर कोरोना माहामारीले थलिएका नेपाली जनता भने राजनितिको अर्को बिकृत खेल हेर्न विबश भए ।

स्थाई सरकार मार्फत सस्तो लोकप्रियताका चुनाबी नाराको मोहजालमा फसाई नेपाली जनताको यति ठुलो जनमत लिएर त्यसको घोर अपमान भएको सम्भवत यो पहिलोपटक होला । उसो त काङ्रेस पार्टीका गिरिजाप्रसाद कोईराला नेतृत्वको एकमना सरकारले पनि ०५१ सालमा जनमतको अपमान गरि मध्यावति घोषणा गरेका थिए र त्यसको परिणाम नेपाली काङ्ग्रेस पार्टिले आज सम्म पनि भोगीरहेको छ । केपि शर्मा ओलीको यो कुकृत्यपनि दण्डनिय हुने नै छ ।

ठुला ठुला समृद्धिका सपना देखाएर वाकपटुताको कौशल देखाउदै बाचाल नेता केपि शर्मा ओलीले कम्युनिस्ट एकताका नाममा ठूलो जनमत जुटाउन सफल भएपनि आफुमा भएका तमाम अयोग्यतालाई समयमै नचिन्दा आफू र पार्टीलाई घरको न घाटको बनाए । लोकतन्त्रका लागि लामो समयसम्म जेलजीवन बिताएको भनिएका ओलीले यस बिचमा लोकतान्त्रिक संस्कारलाई नङ्ग्याउन कुनै कसर बाँकी छोडेनन् र लोकतान्त्रीक संस्थाहरु पद्धति परम्पराको दोहलो समेत काटे ।

नत उनले संविधान कार्यान्वयन मार्फत जनताद्वारा पहिलोपटक लेखिएको संबिधानको रक्षा गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने जनअपेक्षा पूरा गर्न सके नत आफ्नो पहिलोपल्ट प्रधानमन्त्री हुदा बनाएको रास्ट्रबादी क्षविको बचाउ नै ।करिव साढे तिन बर्षको उनको शासनमा जनताले कुनै नयाँ अनुभूती गर्न पाएनन भ्रष्टाचारीको अनुहार हेर्दिन भन्न उनले नछाडे पनि उनको शासनकालमा भ्रष्टाचार झन बढि गनायो ।

बैश्वीक माहामारिको चपेटामा परेको मुलुकमा दैनिक ठूलो संख्यामा निरीह जनताले अक्सिजन समेत नपाई घरमा बाटोमा एम्बुलेन्स र ट्र्याक्टरमा ज्यान गुमाईरहदा औषधि उपचारको उचित जोहो गर्नु पर्ने बेला जनतालाई घरभित्र थुनेर राजनैतिक चटक देखाउने कार्य जुन उनले गरे र गर्दैछ्न यसका लागि नेपाली जनताले उनलाई कहिले माफ गर्ने छैन ।

माहामारीको बेला स्वास्थय सामाग्रीमा भएको ठूलो भ्रष्टाचार को मुद्दा सतहमै आउदा समेत त्यसको बचाउमा लागेका प्रधानमन्त्रीलाई माहामारिमा सामान्य उपचार नपाएर ज्यान गुमाएका परिवारले के भनेर सम्झिने हुन र माहामारिको समयमा कात्रोमा पनि कमिशन लिने प्रवृतीका उनिसंग जोडिएकाहरुको कुकृत्यका लागि ईतिहासले कति धिकार्ला सम्झदा पनि आङ्ग सिरिङ्ग हुन्छ ।

यस्तो अवस्थामा प्रधानमन्त्रीका अगाडी एउटा प्रश्न तेर्सिएको छ यस प्रश्नको उत्तरमा नै उनको राजनैतिक भविश्य निर्धारण समेत हुनेछ अब केपि शर्मा ओली नैतिकपतन हठधर्मि शासकको दर्जामा दरिने कि बचेखुचेको राजनैतिक साख जोगाउन सहज बहिर्गमनको यात्रामा जाने ? वहाँ त धर्मको पनि ज्ञान राख्नु हुन्छ त्यसैले रत्नाकरले डाकु रत्नाकरबाट बाल्मिकि बन्न प्रेरित भएको प्रसंङ्ग सम्झिएर आफना यि तमाम गल्तिको बोझ आफुले मात्र लिनुपर्ने कुरातर्फ बिचार पुर्‍याई तपाईका अहित चिताईरहेका नजिकका सहयोगीहरुको सल्लाह नलिदा नै बेस होला किनकि तपाईको सबै अयोग्यताको परिणामस्वरुप उत्पन्न पापको बोझ ति सहयोगीहरु आजै देखि बोक्ने छैनन र इतिहासले यि सबै कुराका लागि तपाईलाई मात्र जिम्मेवार बनाउने छ ।

तसर्थ संसदमा आफनै साथीको समेत अबिश्वासमा परेको अवस्थामा प्रधानमन्त्री पदबाट अबिलम्ब राजिनामा गरि नयाँ सरकार बन्ने बाटो खोल्नु नै तपाईका लागि हितकर होला । तपाईका हरेक अकर्मण्यतामा समेत वाहवाह गरी आफ्नो दुनो सोझाई तपाईको बर्बादी हेर्न लालायित तपाई पछाडीको झुण्डको सल्लाहमा लिईने कुनै अर्को अपृय कदमले न तपाईको हित हुनेछ नत तपाईका हरेक असंबैधानिक कदममा निसंकोच साथ दिदै आउनु भएको राष्ट्रपतिज्यूको चेतना भया !


© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend