`माया जाँच्दै सातै प्रदेश डुले वैकुण्ठ´ भिडियोमा हेर्नुहोस्

लेखाजोखा न्युज
२६ बैशाख २०७८, आईतवार ०७:५८

काठमाडौं – आफ्ना हरेक गीतमा केही न केही सन्दर्भ र कथानक बनाएर गीत सृजना गर्ने व्यक्ति हुन् सर्जक, गायक तथा सङ्गीतकार वैकुण्ठ महत। उनै वैकुण्ठ महत र सुमिना लोको स्वरमा हालै लोकभाका शैलिमा ` मेरो माया चिन्यो´ गीतीभिडियो विन्ध्यवासिनी म्यूजिक प्रा. लि. को युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।

उक्त गीतमा सर्जक वैकुण्ठ महतले आफ्नो माया क- कसले चिन्दो रहेछ त भन्दै इलामको मैच्याङ देखि धनगढीको सुवासम्मलाई भेटेका छन्। प्रदेश नं ५ को तानसेन र बटौलीबाट सुरु भएको उनको यात्रा धनगढी, बैतडी, पोखरा, बाग्लुङ, कोहलपुर, दैलेख, चितवन, नुवाकोट, जनकपुर वर्दिवास हुँदै प्रदेश नं १ को धनकुटा र इलाममा गएर टुङ्गिएको छ। सबैले सबैलाई कहाँ मन पराउँछन् र ? यसरी प्रेम यात्रा गर्ने क्रममा कतिले वैकुण्ठलाई मन दिएका छन् भनेर खोजेका छन् ।

मान्छेले जीवनमा आफ्नो किर्ति राख्न जग्गादान, तुलादान, भूमिदान, आभुषणदान जस्ता यावत दानहरु गर्छन्। दान गर्नेहरु कतिपय अभिमान प्रकट गर्न गर्छन्, कतिपय स्वाभिमान राख्न गर्छन् त कतिपयले सच्चा मन देखि गर्छन्। सच्चा मन र परोपकारी भावले दान गर्नेहरु कहिल्यै पनि आत्मप्रचार खोज्दैनन्। धन, सम्पत्ति र आभुषण दानको तूलनामा रक्तदान निकै ठूलो मानिन्छ। रक्तदान गर्ने व्यक्तिसँग कुनै श्वार्थ लुकेको हुदैन र अधिकाँश रक्तदाताहरुलाई आफूले दान गरेको रगत कसको नशामा गएर सञ्चार हुन्छ र कसको जीवन बँचाउछ भन्ने पनि अवगत हुदैन। सर्जक वैकुण्ठ महतले रक्तदान भन्दा पनि ठूलो दान त मुटुदान पो हो भन्दै गीतको पहिलो टुक्का यसरी सुरु गरेका छन्।

रक्तदान त नचिनेको मान्छेले नी गर्छ
माया गर्ने मान्छेले त मुटु दिनु पर्छ

म्यूजिक भिडियो निर्देशक काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा, राजेश घिमेरेको छायाङ्कन, विनोद बमको सम्पादन र दुर्गेश थापाको साथमा अनु शाहको अभिनय रहेको छ। थप यो भिडियोमा नै हेर्नुहोस्

WP2Social Auto Publish Powered By : XYZScripts.com