११ असोज २०८०, बिहिबार

लगानीकर्तालाई मल कारखाना खाेल भन्न सक्ने बोर्डको क्षमता छैन् : कार्यकारी निर्देशक भट्ट

लेखाजोखा न्यूज

१६ साउन २०८०, मंगलबार ६:५४

काठमाडौं। लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले रासायनिक मल कारखाना खाेल्नका लागि लगानी कर्तालाई आह्वान गर्न बोर्डको क्षमता नपुगेको बताएका छन्।

सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले मल कारखाना स्थापना गर्ने ज्ञानशिप निजी क्षेत्र र लगानीकर्तामा हुने बताए।

उनका अनुसार  रासायनिक मलको उत्पादन गर्ने कारखाना नेपालमा खोल्न सम्भव छ वा छैन भन्नेबारेमा अध्ययन गर्ने काम भइरहेको बताए ।

कार्यकारी निर्देशक भट्टले सरकारले बजेटमा स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी पब्लिक प्राइभेट पार्टनरसिपमा लगानी बोर्डमार्फत काम अगाडि बढाइने बताइसकेको बताए । उनले अर्थ मन्त्रालय र लगानी बोर्डले समन्वयमा प्रभावकारी रुपमा सरकारका विगतका निर्णय आत्मसाथ गरेर रासायनिक मलको उत्पादन गर्ने कारखानाका लागि आवश्यक अध्ययन गरिरहेको बताए ।

सार्वजनिक निजी साझेदारी र निजी लगानी ऐन २०७५ र नियमावली २०७७ ले गरेको प्रावधान प्रक्रिया अनुरुप क्षमतावान् लगानीकर्ताले प्रस्ताव दिनसक्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend