भ्रम र यथार्थ

लेखाजोखा न्युज
२५ बैशाख २०७८, शनिबार १०:२६

हिजो हामीले आफैं विरोध गर्यौं
आऊ निषेधाज्ञा तोडौं भनेर
आऊ लकडाउन ताडौं भनेर
आऊ जात्रा गरौं भनेर ।

आज हामी फेरी भन्दैछौं
निषेधाज्ञा त तोड्नु हुन्न भनेर
लकडाउन सबैलाई बचाउंन चाहिन्छ भनेर
जीवन जीउन पाउनुपर्छ भनेर ।।

हिजो हामी आफैं सहमतिमा गयौं
नेताका भेला हेर्न भनेर
नेताका मीठा भाषण सुन्न भनेर
शक्ति प्रदर्शन गर्न भनेर
जात्रा गर्न पाउनुपर्छ भनेर ।

आज फेरी हामी विरोध गर्दैछौं
नेताले अनाहकमा मान्छे जम्मा गरे भनेर
नेताले अनाहकमा भीड जम्मा गरे भनेर
अनि नेताले नै संक्रमण सारे भनेर ।।

हिजो हामीले तिनैलाई राष्ट्रभक्त ठान्यौं
देश बनाउंछ कि भनेर
जनताको कष्ट हेर्छ कि भनेर
अझ चर्का भाषण गर्छ कि भनेर ।

आज फेरी हामी नै विरोध गर्दैछौं
आऊ त्यसलाई हटाऔ भनेर
आऊ त्यसलाई गलहत्याऔं भनेर
आऊ त्यसलाई निमिट्यान्न पारौं भनेर ।।

हिजो हामीले नै नजरअन्दाज गर्यौं
भाइरस त के हो भनेर
हामी त बहादुर हौं भनेर
हामीले त धेरै खाले कष्ट पचायौं भनेर ।।

आज फेरी हामी भन्दैछौं
हामी त केही होइन रहेछौं भनेर
विज्ञानले गति लिएकाको त हालत देख्यौं
हामीले के चिर्न सक्थ्यौ भनेर
अहिले हामी ब्युझिएका छौ –ठूलै भ्रममा रहेछौं भनेर ।।

  • अनन्तराज लुईंटेल बालकोट, भक्तपुर । बैशाख १८, २०७८

WP2Social Auto Publish Powered By : XYZScripts.com