११ असोज २०८०, बिहिबार

बालकोटको सांगीतिक माहौलमा झुमे ओली

लेखाजोखा न्यूज

१२ साउन २०८०, शुक्रबार १२:४६

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा विहिबार साँझ सांगीतिक माहोलको आयोजना गरिएको छ।

संगीत र रागमा प्रसिद्ध कलाकारहरु अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी बालकोट पुगेर अध्यक्ष ओलीलाई शास्त्रीय सांगीतमा झुमेका हुन्।

राजनीतिक माहौलबाट फुर्सदिला बनेका ओलीले बिहीबार साँझ आफ्नो निजी निवास बालकोटमा सांगीतिक माहौल जमेको जानकारी सामाजिक सञ्जालबाट साझा गरेका छन्।

शास्त्रीय संगीतका साधकहरूले सुनाएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास लिएको एमाले अध्यक्ष केपी ओलीले जनाएका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जाल

फेसबुकमा तस्विर राख्दै ओलीले लेखेका छन्।

बालकोटबाट शुभ बिहानी !
घरमा हिजो बेलुका संयोगवश सांगीतिक माहौल बन्यो। शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरु अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी आउनु भएको थियो। शास्त्रीय संगीतका साधकहरूले सुनाउनु भएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास !
रमाइलो भयो, उहाँहरुलाई धन्यवाद ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend