११ असोज २०८०, बिहिबार

संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल (तस्बिरहरू)

लेखाजोखा न्यूज

१० साउन २०८०, बुधबार २:००

काठमाडौं। लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ।

बुधबार आन्दोलनकै क्रममा नयाँ बानेश्वरस्थित संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै गएको पीडितको र्‍यालीलाई नयाँबानेश्वरकाे निषेधित क्षेत्रमा पुगेपछि  प्रहरीले रोकेको थियो । नयाँबानेश्वर स्थित एभरेष्ट होटलअगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो ।

घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडितहरूले सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौ केन्द्रित आन्दोलन जारी राखेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend