एनसेलले ल्यायो विभिन्न उपभोक्तामैत्री राहत अफर

लेखाजोखा न्युज
२४ बैशाख २०७८, शुक्रबार ०७:०२

काठमाडौं – एनसेल आजियाटा लिमिटेडले विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ । रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु र एनसेल सापटीमा विभिन्न थप सुविधा लगायतका राहत अफरहरु ल्याएको एनसेलले जनाएको छ।

प्रत्येक रिचार्जमा बोनस डेटाः यस अफर अन्तर्गत ग्राहकले ५० रुपैयाँ वा त्यसभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । ५० देखि ९९ रुपैयाँको रिचार्जमा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्दछन् । बोनस डेटा १ दिनको लागि मान्य रहने छ ।

१०० रुपैयाँदेखि १९९, २०० रुपैयाँदेखि २९९, ३०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले क्रमश १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । यस्तै ५०० देखि ९९९ रुपैयाँको रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा १००० वा त्यस भन्दा बढीको रिचार्जमा ग्राहकले १००० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्ने बताइएको छ ।

३० दिने डेटा प्याकमा डबल डेटाः मंगवार (वैशाख २१) बाट सञ्चालनमा आएको यस अफर अन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । ग्राहकले करसहित २४९ रुपैयाँमा ३ दशमलव ५ जीबी डेटा लिन सक्छन् र त्यति नै डेटा भोल्युम बोनस अर्थात कुल ७ जीबी डेटा पाउँछन् । त्यसैगरी करसहित ३९९ रुपैयाँमा ६ जीबी डेटा लिने ग्राहकले थप ६ जीबी बोनस गरी कुल १२ जीबी, ४९९ रुपैयाँमा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउँछन् ।

वर्क फ्रम होम अफरः यस विपद्को घडीमा कार्यालयको कामकाज तथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ । दैनिक डेटा प्याकमा ग्राहकले कर सहित मात्र ३१ रुपैयाँमा २ जीबी एप डेटा प्राप्त गर्छन र त्यस डेटा भोल्युममार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिन्छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com