उपेन्द्रको निवासमा पुगे प्रचण्ड र माधव

लेखाजोखा न्युज
२२ बैशाख २०७८, बुधबार १२:१८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधव कुमार नेपाल छलफलका लागि पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले वैशाख २७ गते संसदमा लिने विश्वासमतलाई कसरी असफल बनाउने विषयमा रणनीति बनाउन उनीहरुको बीचमा छलफल भइरहेको जसपा नेपाल स्रोतले जनाएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ओलीको वहिर्गमान चाहेका छन् भने सोही पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर ओलीलाई प्रधानमन्त्रीमा टिकाउन चाहेका छन् ।

जसपा नेपालमा महन्थ ठाकुरपनि अल्पमतमा रहेका छन् । माओवादी केन्द्रले प्रधानमन्त्री अ‍ोलीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने एमालेका माधव कुमारले प्रधानमन्त्री ओलीको विश्वासमतमा के गर्ने भनि आधिकारीक निर्णय गर्न सकेको छैन ।

उक्त विषमया छलफलका लागि तीनजना नेता भेटवार्ता भएको छ ।