माओवादीले संसद सचिवालयमा बुझायो समर्थन फिर्ताको पत्र

लेखाजोखा न्युज
२२ बैशाख २०७८, बुधबार १२:००

काठमडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ ।

समर्थन फिर्ता लिइएको बारे जानकारी माओवादीले संसद सचिवालयलाई जानकारी गराएको छ । मंगलबार काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरुको बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले सर्मथन र्फिता लिएसँगै सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका प्रतिनिधिसभामा ४९ सदस्य छन् । सरकारले भने माओवादीले सर्मथन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । २७ बैखामा विश्वासको मत लिने सरकारको तयारी छ।