जग्गा धनिलाइ थाहै नदिइ अर्कालाई बेचिदिने ब्यक्ती धरौटीमा रिहा

लेखाजोखा न्युज
२२ बैशाख २०७८, बुधबार १२:१३

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिएर अर्काको नाममा बेचिदिएको अभियोग लागेका व्यक्तीलाइ अदालतले रिहा गरेको छ।

जिल्ला अदालत सुर्खेतले एकदेखी पाँच लाख सम्म धरौटी लिएर उनिहरुलाइ रिहा गरेको हो। जिल्ला अदातल सुर्खेतका न्यायाधिश दिलप्रसाद सापकोटाको एकल इजलासले उनिहरुलाइ धमाधम धरौटीमा रिहा गरेको हो। मुद्धाको अन्तिम टुङगो नलाग्दा सम्म सरकारी सेवामा रहेका कर्मचारी निलम्वन हुनुको साटो काम गर्न पाउने आदेश भएको छ।

आदेससंगै आरोपित भनिएका कर्मचारीहरुलाइ कार्यालयमा कामकाज गर्ने बाटो समेत खुलेको छ। यसअघि थाहै नदिएर अर्काको नाममा जग्गा बेचिदिएको आरोपमा जिल्ला अदालत सुर्खेतमा १९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। उनिहरु मध्ये सहविर कार्कीमात्र थुनामा रहेका छन भने बाँकी १८ जनालाइ अदालतले धरौटीमा रिहा गरेको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जाहेरीमा नेपाल सरकारले अभियोग पत्र दायर गरेको हो। जग्गा नामसारि गराउने कार्यमा संलग्न मुख्य आरोपी मानिएका सन्तोष ठाकुर पाँच लाख, गोरख बुढा र निर्मण पुरीलाइ समान ३/३ लाख धरौटीमा रिहा गरिएको हो।

उनिहरु तिनै जना गत पुषदेखी फरार थिए। कोरोना माहामारीको समय पारेर अदालतले उनिहरुलाइ बैशाख १६ गते अदालतमा बोलाएर धरौटीमा रिहा गरेको पिडितको छ। जग्गा विक्रीका लागी आवश्यक पर्ने वडादेखी सबै निकायका सिफारिस किर्ते भएको पाइएको छ।

यस्तै मुख्य अभियुक्त मानिएका सन्तोष ठाकुरले जग्गा बिक्री गर्दा विभिन्न बैकंबाट रकम बुझेको समेत खुलेको छ। यसरी जग्गाधनीलाइ पत्तै नदिइ अर्काको नाममा विक्रीगर्ने लाइ कानुनी कारवाही गर्नुको साटो धरौटीमा रिहा हुनुले अदालतमाथी प्रश्न उठेको छ।

जग्गा नामसारीमा संग्लन कर्मचारीलाइ निलम्वन वा सरुवा समेत नगरी त्यही कार्यालयमा कामकाज गर्न दिनुले उनिहरुले नागरिकलाई दिने सेवा विश्वसनियता नहुने पिडितको भनाइ छ। १९ जना विरुद्ध मुदा दायर भएपनि प्रहरीले १० जनालाइ मात्र प्रकाउ गरेको थियो। पक्राउ परेका सबै यसअघि नै छुटिसेका छन। कुनैपनि अभियोगको जाँचबुझ गर्नुपरेमा जाँचबुझ समाप्त नहुन्जेलसम्म उक्त कर्मचारीलाई सजायको आदेश दिन पाउने अधिकारीले निलम्बन गर्न सक्ने निजामति सेवा ऎनमा स्पष्ट उल्लेख छ। तर जग्गा नामसारी गराउन संलग्न भएको अभियोगमा मुद्दा दायर भैसक्दा पनि ती कर्मचारीहरू निलम्बन हुन त परको कुरा सरुवा समेत भएका छैनन्।

जग्गा नामसारी गरेको आरोपमा तत्कालीन मालपोत कार्यालय सुर्खेतका प्रमुख तथा हाल मालपोत कार्यालय कलंकीमा कार्यरत लक्ष्मी खत्री, मालपोत कार्यालय हुम्लामा कार्यरत कमला सापकोटा, चिंगाड गाउँपालिका कार्यालय सुर्खेतमा कार्यरत कृष्ण थापा, मालपोत कार्यालय सुर्खेतमा कार्यरत तिर्थ बहादुर महतारा, नापी कार्यालय सुर्खेतमा कार्यरत कार्यालय प्रमुख राजेन्द्र थापा, भिमलाल आचार्य, दिपेन्द्र पुलामीविरुद्व मुद्दा दायर भएको थियो।

यसैगरि वीरेन्द्रनगर–१३ गुप्तिपुरका ३० वर्षीय सुनिल राना, वीरेन्द्रनगर–१२ नेवारेका ३३ वर्षीय उत्तम अधिकारी, चनौटेका ५० वर्षीय राम कुमार दर्लामी, वीरेन्द्रनगर–११ धुलियाविटका ३४ वर्षीय दिपेन्द्र श्रेष्ठविरुद्व मुद्दा दायर गरिएको हो।

वीरेन्द्रनगर–२ बांगेसिमलका ६८ वर्षीय सहविर कार्की, वीरेन्द्रनगर–४ का ५७ वर्षीय नारायण बहादुर बुढाक्षेत्री, चिंगाड गाउँपालिका–५ भर भई हाल वीरेन्द्रनगर–१ गैरी बस्ने २५ वर्षीय चाँदनी वली, वीरेन्द्रनगर–११ पिपिरा बस्ने ३१ वर्षीय विश्वरुप सावत, वीरेन्द्रनगर–६ गणेशचोक बस्ने अम्मर सिंह कटुवाल, वीरेन्द्रनगर–२ बस्ने गोरख बहादुर बुढा भन्ने गणेश बुढा, वीरेन्द्रनगर–५ बस्ने निर्मल पुरी, वीरेन्द्रनगर–२ बस्ने सन्तोष ठाकुरविरुद्ध मुद्दा दायर भएको थियो।