सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गरिदै

लेखाजोखा न्युज
२२ बैशाख २०७८, बुधबार ०९:१०

काठमाडौं – आज प्रतिनिधि सभाका सांसदहरूको पिसिआर परीक्षण गर्न लागिएको छ। विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्ने भएको हो ।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण आज गर्न लागिएको हो ।

भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण हुने छ ।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने संघीय संसद सचिवालयले जानाएको छ ।