पश्चिम बंगालमा भएको हिंसामा परेर १२ जनाको मृत्यु

लेखाजोखा न्युज
२२ बैशाख २०७८, बुधबार ०८:५४

काठमाडौं – भारतको पश्चिम बंगालमा भएको हिंसामा परी १२ जनाको मृत्यु भएको छ । विधानसभा चुनावको नतिजा सार्वजनिक भएपछि राज्यका विभिन्न क्षेत्रमा भएको हिंसामा परी १२ जनाको मृत्यु भएको हो ।

भारतीय जनता पार्टी (बीजेपी)ले चुनावको नतिजा सार्वजनिक भएपछि टीएमसीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएको छ । आइतबार पश्चिम बंगालमा भएको विधानसभा निर्वाचनमा बीजेपी पराजित भएको थियो भने ममता बनर्जीको पार्टी टीएमसीले बहुमत प्राप्त गरेको थियो ।

बंगाल प्रहरीका अनुसार आइतबार राति विभिन्न शहरमा भएको झडपमा परी १२ जनाको मृत्यु भएको हो । त्यहाँ झण्डै १ सय जनाभन्दा बढी घाइते भएका सञ्चारमाध्यमले जनाएका छन् ।