आज धनगढी एफसी र पोखरा थन्डर्स बीच खेल हुँदै

लेखाजोखा न्युज
२२ बैशाख २०७८, बुधबार ०८:३१

काठमाडौं – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दैछन् ।

खेल बेलुकी साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । चार खेलमा सात अंकसहित धनगढी तालिकाको दोस्रो स्थानमा छ । आज विजयी भएमा धनगढी विराटनगरलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । चितवन भने चार खेलमा दुई अंकका साथ तालिकाको पुछारमा छ । हिजो भएको खेलमा काठमाडौं रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको थियो ।