कोरोनाबाट एकैदिन गयो झण्डै १४ हजारको ज्यान

लेखाजोखा न्युज
२२ बैशाख २०७८, बुधबार ०८:०३

काठमाडौं – २४ घन्टाको समयअवधिमा विश्वभरि थप ७ लाख ७५ हजार जनामा कोरोनाका संक्रमित पुष्टी भएको छ । त्यस्तै १३ लाख ६ सय भन्दा बढीको मृत्यु भएको छ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार सबैभन्दा धेरै भारतमा ३ लाख ८२ हजार संक्रमित थपिएका छन् भने त्यहाँ ३ हजार ७ सय भन्दा बढी संक्रमितको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा ६९ हजार संक्रमित थपिएका छन् भने त्यहाँ ३ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको बताइएको छ । उता अमेरिकामा ४२ हजार संक्रमित थपिदा ८५३ संक्रमितको मृत्यु भएको छ।

त्यस्तै फ्रान्समा २४ हजार संक्रमित थपिएका छन् । २४७ संक्रमितको मृत्यु भएको बताइएको छ ।