कोरोना संकटमा सरकार गम्भीर हुन सकेन : अध्यक्ष लोहनी

लेखाजोखा न्युज
२२ बैशाख २०७८, बुधबार ०७:३२

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाश लोहनीले कोरोना भाइरसको संकट बढ्दै गइरहेको बेला सरकार गम्भीर हुन नसकेको आरोप लगाएका छन् । अब फेरी सत्ताको अंकगणित सुरु भई सकेकोले जनताको समस्या झन् ओझेल मा पर्न सक्ने उनको चिन्ता छ ।

कोरोना सँगको लडाईमा नेपाली सेना, नेपाल प्रहरी, डाक्टर, नर्स लगाएत स्वस्थाकर्मीहरुको मेहनत र लगनशिलताको प्रसंशा गर्दै उनले यो लडाईको अग्रपंक्तिमा रहेर काम गर्ने सबैलाई सरकारले भौतिक तथा आर्थिक प्रोत्साहन उपलब्ध गराउनु पर्ने बताए ।

अध्यक्ष लोहनीले सबै स्थानीय तहले पनी सक्रियता देखाउनु पर्ने बताए । ‘पालिकामा खास मापदण्ड अनुरुप आईसोलेसन व्यवस्था बनाउनै पर्छ । उनले भने, – यसको लागि केन्द्रले ५० प्रतिशत, प्रदेशले ३० प्रतिशत र गाउँ नगरपालिकाले २० प्रतिशत खर्च गर्ने गरि स्थानीय तहको अगुवाइमा अभियान सुरु गरियोस्।’

यदि स‌ंकटको बेलामा जनताले साथ नपाए जनताका प्रतिनिधीको अर्थ नहुने उनको तर्क छ । सरकारले कोरोनाको भ्याक्सीन उपलब्ध गराउने काममा अल्छि गरेको र अल्मलिएको समेत उनले बताए ।