काठमाडौं रेजर्सले बुटवल लुम्बिनीलाई एक-शून्यले हरायो

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार २१:५४

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा काठमाडौं रेजर्सले बुटवल लुम्बिनीलाई हराएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा काठमाडौंले बुटवललाई एक–शून्यले हराएको हो । काठमाडौंका लागि खेलको पाँचो मिनेटमा स्टेफेन विनोङ समिरको गोल निर्णायक बन्यो ।

जितसँगै काठमाडौं चार खेलमा सात अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने बुटवल चार खेलमा पाँच अङ्कसहित चौथो स्थानमा पुगेको छ ।

प्रतियोगितामा बुधवार (भोलि) धनगढी एफसी र पोखरा थन्डर्स बीच खेल हुँदैछ ।