दोस्रोपटक मुख्यमन्त्री भएका पोखरेलले गरे तेस्रोपटक मन्त्रीमण्डल विस्तार

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार २१:१०

काठमाडौं – दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन्। आइतबार मुख्यमन्त्रीको सपथ ग्रहण गरेसँगै चार जना मन्त्री थप गरेका मुख्यमन्त्री पोखरेलले सोमबार दुई जना र मंगलबार तीन जना मन्त्री थप गरी १० जनाको मन्त्रीमण्डल बनाएका छन्।

उनले मंगलबार रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तव र अर्घाखाँचीका चेतनारायण आचार्यलाई मन्त्री बनाएका हुन्। श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास र आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

सोमबार मात्रै शिक्षा तथा सामाजिक विकास मन्त्री बनेकी जनता समाजवादी पार्टिकी कल्पना पाण्डेलाई एक दिनमै मन्त्रालय हेरफेर गरी उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएर श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्री बनाइएको हो।