राष्ट्रपति असभ्य राजनीतिको मतियार बन्नु दुर्भाग्य : गगन थापा

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार २०:२८

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको असभ्य राजनीतिक चरित्रको मतियार भएको आरोप लगाएका छन्।

‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ।राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।’ थापाले भनेका छन् ।