जेल सजाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले दियो आममाफी

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार १९:५७

काठमाडौं- कतारमा जेल सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । रमदान वर्षको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको कतार स्थीत नेपाली दूतावासले जनाएको छ ।

आममाफी पाएका नेपाली नागरिकको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावासले जनाएको छ ।