क्वारेन्टिन बस्ने सिफारिस भए काठमाडौं छोड्न मिल्ने

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार १९:०७

काठमाडौं – आफूले जान चाहेको सम्बन्धित पालिकाले १० दिन क्वरेण्टीनमा बस्ने सिफारिस दिएपछि काठमाण्डौ उपत्यकाबाट बाहिर जान पाइने भएको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रूपले १० दिन क्वरेण्टीन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा जान दिने निर्णय गरेको हो ।

उपत्यकाबाट गएर पुग्ने सम्बन्धित पालिकाले सिफारिस दिएमा उपत्यका छाड्न दिने निर्णय भएको हो ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले गरेका थप निर्णय हेर्न यहाँ क्लिक गर्न सकिनेछ ।