बैतडी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार १८:३६

डडेल्धुरा – बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। उक्त दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो ।

पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जीप दुर्घटना हुँदा सोही गाउँपालिकाको वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक तेजबहादुर बोहरा र ५० वर्षीय खेमसिंह भण्डारीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । दुर्घटनामा परी घाइते भएका अन्य ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको बताइएको छ ।

जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको बताइएको छ।

यो पनि पढ्नुहोस् 

बैतडीको पञ्चेश्वरमा शव बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु