राष्ट्रपति विद्यादेवी भण्डारीबाट सात वटा अध्यादेश जारी

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार १८:२३

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । मंगलबार जारी भएका अध्यादेशहरूमा यसअघि विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको छ ।

चौँथो नम्बरमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ समावेश गरिएको छ । यस्तै जारी भएका अरु अध्यादेशमा यौन हिंसा विरुद्धका केही ऐनलाइ संसोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संसोधन गर्ने अध्यादेश, २०७८ , औषधि (तेस्रो संसोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संसोधन) अध्यादेश २०७८ रहेका छन् ।

नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ( नियमन ) अध्यादेश २०७८ पनि राष्ट्रिपतिले जारी गरेकी हुन् ।