उपत्यकामा थपिए एकैदिन ३ हजार ८ सय ९३ जना संक्रमित

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार १७:५५

काठमाडौं। पछिल्लो २४ घन्टामा उपत्यकामा ३ हजार ८ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ७ सय ७९, ललितपुरमा ६ सय १जना र भक्तपुर जिल्लामा ५ सय १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।