माओवादी केन्द्रद्वारा ओली सरकारबाट समर्थन फिर्ता

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार १७:१९

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । बुधबार संसद सचिवालयको कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन ।

आज स्थायी समिति बैठकबाटै समर्थन फिर्ताको निर्णय लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते विश्वासको मत लिन खोजेपछि २१ गते माओवादीले समर्थन फिर्ता लिएको छ ।