आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार १६:००

काठमाडाैँ।  इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।

बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय भएको हो।

आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ।’