ठूलो मात्रामा राजश्व छली सुर्ती बरामद

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार १४:३८

सुर्खेत – ठूलो मात्रामा सुर्खेत प्रहरीले राजश्व छली गरेको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । नेपालगंजदेखी सुर्खेत आउदै गरेको ना४ख ७६५३ नम्वरको ट्रकलाई सुब्वाकुना प्रहरी पोष्टमा नियन्त्रणमा लिई खोजतलास गर्दा ठुलो मात्रामा राजश्व छलीका सुर्ती जन्य पर्दाथ फेला परेको हो ।

गोल्डेन काली नामको सुर्ती प्रहरीले ५४ बोरामा २६ सय प्याकेट नियन्त्रणमा लिएको हो । न्यू पश्चिमाञ्चल ट्रेडर्स कपिलवस्तुको भ्याट नम्वर ३०५३०४७६४ बाट महादेव स्टोर सुर्खेतको भ्याट नम्वर ३०५६५३२५७ मा भ्याट सहित १३ लाख ६६ हजार १ सय ७० रुपैँयाको विल बनाएर पठाएको पाईएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टले नियन्त्रणमा लिएको ट्रक प्रहरी कार्यालयमा आएपछि हेरेर परिणम अन्य कुरा थाहा हुने बताए । २ दिनअघि पनि राजश्व छली गरेको सुर्तीजन्य पदार्थ प्रहरीले जफत गरेर आन्तरिक राजश्व कार्यालय सुर्खेतमा बुझाएको थियो । राजश्व कार्यालयले १४ लाख धरौटी रकम तिर्ने गरि मुद्दा अघि बढाएको थियो ।