आईपीएल : आज मुम्बई र हैदरावादबीच खेल हुने

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार ११:२१

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत मंगलबार (आज)को खेलले निरन्तरता पाउने भएको छ । लिग अन्तर्गत आजका लागि तय भएको मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल तय गरिएको समय तालिका अनुसार सञ्चालित हुने बताइएको छ ।
मुम्बई र हैदरावादबीचको खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा साँझ पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि हिजोको लागि तय भएको खेल स्थगित भएको छ । आईपीएलमा सहभागि कोलकोत्ता नाइट राइडर्सका दुई जना खेलाडीलाई कोरोना सङ्क्रमण देखिएपछि हिजोको खेल स्थगित भएको हो ।