इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम विजयी

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार ०७:५५

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम विजयी भएको छ ।

गएराति भएको खेलमा बर्नलीलाई २-१ गोल अन्तरले पराजित गर्दै वेष्टह्याम विजयी भएको हो । जितसँगै पाँचौं स्थानको वेष्टह्यामको ३४ खेलबाट ५८ अङ्क जोडेको छ ।

चौँथो स्थानको चेल्सीको ६१ अङ्क छ । यस्तै, तेस्रो स्थानको लेस्टर सिटीको ६३ अङ्क छ । वेष्टह्यामसँग पराजित बर्नली भने ३६ अङ्कसहित १६ औं स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा वेष्ट ब्रुम र वुल्भ्सले एक/एक गोलको बराबरी खेलेका छन् ।

तालिकामा वेष्ट ब्रुम २६ अङ्कसहित १९ औं स्थानमा छ भने वुल्भ्स १२ औं स्थानमा रहेको छ ।