माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा बीच सम्बन्ध विच्छेद

लेखाजोखा न्युज
२१ बैशाख २०७८, मंगलवार ०७:१०

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन् ।

बिल गेट्सले २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी सामाजिक सन्जाल ट्वीटरमार्फत् दिएका हुन् । उनीहरुका तीन सन्तान छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’