मारुती सिमेन्ट नेपालकै पहिलाे ५३ ग्रेडको ओपीसी सिमेन्ट बन्न सफल

लेखाजोखा न्युज
१९ बैशाख २०७८, आईतवार १३:१९

काठमाडौं । मारुती सिमेन्ट नेपालकै पहिलाे ५३  ग्रेडको ओपीसी सिमेन्ट बन्न सफल भएकाे छ ।

कम्पनीले एक विज्ञप्ती जारी गरि नेपाल सरकार गुणस्तर तथा नापतौल विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट ५३ ग्रेडको गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको जनाएको छ।

आजभन्दा १५ वर्ष अगाडि मारुती सिमेन्ट नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको हो।

पूर्वाञ्चलको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मनटेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको सिमेन्ट उत्पादन गर्दै आएकाे कम्पनीले यसअघि नै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको यो कम्पनी दुवै ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी पनि बन्न सफल भएको  छ।

बजार प्रमुख राजु श्रेष्ठले यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता, कन्ट्रयाक्टर, इन्जिनियर, शुभ–चिन्तकहरुलाई दिन चाहेको बताए । श्रेष्ठले आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासका साथ् आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने बताए ।