अमेरिकाले नेपाललाई ८५ लाख डलर सहयोग गर्ने

लेखाजोखा न्युज
१८ बैशाख २०७८, शनिबार १८:२७

अमेरिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई आर्थिक सहयोग गर्ने भएको छ ।

शनिबार नेपालस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै युएसएआइडीमार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

उक्त रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपाल सरकारको कोभिड–१९ को जाँच, व्यवस्थापन, उपचार, संक्रमण नियन्त्रणमा खर्च हुने बताइएको छ ।