मरेको नैतिकता

सुरेश जोशी
१८ बैशाख २०७८, शनिबार ११:१७

मरेको नैतिकता
उदण्ड संकल्प
नाजवाफ उत्तदायित्ववाट थलिएका
सासंद आईसियुमा भेट्टिदा
कोरोना कहरमा बेड नपाएका जनतालाई
सन्तोश भएको छ

सेतीको भेलमा बगेका लोकतान्त्रीक आस्था
फेला पर्ने हो की होईन भनेर
सोचमग्न बिचारहरु
उद्देलित नभइ
स्तब्ध भएका छ्न

सत्ताका खेलाडी
बेलगामको घोडा जस्तै
फुकाफाल नैतिकता बेचिरहदा
निर्बस्त्र भएको आदर्शले
गण्डकीको सन्देश बोकेर ल्याउदा
गणतान्त्रीक मर्यादा नाङ्गीएको छ

डडेल्धुरा