काठमाडौँ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको पुस्तक “संयोगका पानाहरु” बुधवार एक कार्यक्रमका बिच सार्वजनिक भएको छ।
पुर्व प्रधानन्यायाधीश पराजुलीले आफ्नो अनुभव र जीवन भोगाइलाई समेटेर पुस्तक ‘संयोगका पानाहरु’ सार्वजनिक गरेका हुन। पूर्व प्रधानन्यायाधीश एवं मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले विमोचन गर्नुभएको पुस्तकमा पराजुलीले सर्वोच्च अदालतमा आफूले न्यायाधीश र प्रधानन्यायाधीश पदमा रहि बिताएको महत्वपूर्ण समयको विभिन्न पाटाहरुलाइ समेटेका छन् ।
संयोगका पानाहरु नामक पुस्तकमा उनले आफ्नो पारिवारिक अवस्था, पण्डित बुवाबाट सिकेको ज्ञान, जन्मदिने आमाबाट सिकेको नैतिकतालाई अति महत्वका साथ समेट्नुभएको छ भने धेरै प्रसंग अदालत, अदालत प्रशासन र न्याय सम्पादनमा आफूले भोगेका विषयलाई चरितार्थ चित्रण गरेका छन् ।
झन्डै अढाइ दशक लामो नेपालको न्याय क्षेत्रमा विताएका पुर्व प्रधानन्यायाधीश पराजुलीले पुस्तकमा अदालत भित्रको कमि कमजोरीलाइ पनि उठान गर्न खोजेका छन। “संयोगका पानाहरु” नामक पुस्तकमा न्यायालयभित्रको बेथिति र विसंगतिलाई स्पष्ट रुपमा व्याख्या गरिएको छ ।