११ असोज २०८०, बिहिबार

अनलाइन सट्टेबाजी प्रकरणमा बल्छी ध्रुवेसहित ८ जना पक्राउ

लेखाजोखा न्यूज

३२ जेष्ठ २०८०, बिहिबार १२:१४

काठमाडाैं ।  प्रतिबन्धित अनलाइन सट्टेबाजी (बेटिङ) गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’सहित ८ जना रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले जानकारी दिए।

अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गर्ने गरेका थिए ।

युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरूले विज्ञापन गर्ने गरेका थिए ।

युट्युबमार्फत विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गरिएको भन्दै कार्यालयले अपरेसन शुरु गरेको थियो ।

प्रहरीको अपरेसन अन्तरगत बुधवारमात्रै पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend