धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलित भएको संघर्ष समितिले विश्वविद्यालयमा बोर्ड राखेको छ ।
संघर्ष समितिले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखिएको छ ।
अत्तरियादेखि बाजागाजासहित आएका उनीहरुले बिहिवार साँझ गेटामा स्वास्थ्य विश्व विद्यालयको बोर्ड राखेका हुन्। उनीहरुले बिहिवार अत्तरिया बजारसमेत बन्द गरिएका थिए।
संघर्ष समितिको पूूर्व निर्धारित गोदावरी नगर क्षेत्र बन्द गर्ने कार्यक्रम अन्तर्गत अत्तरिया बजार बन्द गरिएको थियाे। बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजे खुलेको थियो।
तर १५ जेठमा प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमा भने सरकारले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको छ ।
सरकार आफ्नै निर्णयबाट पछि हटेको र मेडिकल कलेज सञ्चालन गर्न नदिने षड्यन्त्र भएको भन्दै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणार्थ गठित संघर्ष समितिले आन्दोलनमा उत्रिएको छ ।