५ असोज २०८०, शुक्रबार

घुस रकम सहित टेकु ल्यावका अधिकृत पक्राउ

लेखाजोखा न्यूज

२६ जेष्ठ २०८०, शुक्रबार १०:१७

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत अधिकृत छैठौं तहका ल्याव टेक्निसियन लेखनाथ भट्टराई घुस रकमहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार बिहान सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट नियन्त्रणमा लिइएको हो ।

भट्टराईले ल्याव दर्ता प्रक्रियाका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियारले बताएको छ ।

घुस रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि आवश्यक छानबिन भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend