५ असोज २०८०, शुक्रबार

राष्ट्रिय सभाले आज बजेट पारित गर्ने

लेखाजोखा न्यूज

२६ जेष्ठ २०८०, शुक्रबार १०:०८

काठमाडौं । आज बस्ने राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

राष्ट्रिय सभाको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ।

बजेटमाथि बोल्न बाँकी सांसदले धारणा राखेपछि अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। अब थोरै सांसदले मात्रै धारणा राख्न बाँकी रहेको राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए।

प्रतिनिधिसभामा भने शुक्रबार पनि बजेटमाथिको छलफल जारी रहने छ। ५० जनाभन्दा बढी सदस्यले बोल्न नाम लेखाएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभामा आइतबार छलफल सकेर अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महालेखापरीक्षकको ६० ‍औँ वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend