५ असोज २०८०, शुक्रबार

नेकपा एस निकट पत्रकारहरूको राष्ट्रिय अधिवेशन आजदेखि

लेखाजोखा न्यूज

२६ जेष्ठ २०८०, शुक्रबार ९:४५

काठमाडौं ।  समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आज सुरु हुँदैछ।

अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन्। पत्रकारहरूको सो संगठन नेकपा एकीकृत समाजवादी निकट मानिन्छ।

आज सुरु हुने अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिनेछ। सम्मेललनमा देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागिता जनाउँदै छन्।

हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन् भने महासचिवमा भुपराज खड्का रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend