५ असोज २०८०, शुक्रबार

दोस्रो अभ्यास खेलमा भोलि नेपालले नेदरल्याण्ड्ससँग खेल्ने

लेखाजोखा न्यूज

२६ जेष्ठ २०८०, शुक्रबार ९:३७

काठमाडौं । आईसीसी विश्वकप छनोटअघि अन्तिम तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली पुरुष क्रिकेट टिमले दोस्रो अभ्यास खेल शनिबार नेदरल्याण्डससँग खेल्ने भएको छ।

यसअघि बिहीबार भएको पहिलो आफ्नो पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ। दक्षिण अफ्रिकामा भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको हो ।

जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित आठ देशको सहभागिता रहने छ । समूह ए’ मा नेपालसहित  वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे छन्। समूह बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन्।

प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन्।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend