५ असोज २०८०, शुक्रबार

शरणार्थी प्रकरण : टोपबहादुर र उनका छाेराका वकिलले आज बहस गर्दै

लेखाजोखा न्यूज

२६ जेष्ठ २०८०, शुक्रबार ९:२२

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

आज (शुक्रबार) टोपबहादुर रायमाझी र छोरा सन्दीपका वकिलले बहस गर्ने भएका छन्।

हालसम्म पक्राउ परेका १८ जना मध्ये ६ जनाको बयान सकिएको छ भने बाँकीको बयान हुने क्रममा छ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाइ अभियोगपत्र दायर गरिएको छ। साथै, १२ जना अझै फरार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

आज बहस हुन लागेका टोपबहादुर गत वैशाख ३१ गते पक्राउ परेका हुन् भने उनका छोरा सन्दीप वैशाख २२ गते पक्राउ परेका हुन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend